कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।
बाँकेको जानकी गाउँपालिका–२, भैयापुरमा बिहानि युवा क्लबले हरितालिका तीजको अवसरमा बृहत् तीज नृत्य प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। क्लबले आगामी भदौ २९ गते कार्यक्रम गर्न लागेको हो। कार्यक्रममा तीज नृत्य प्रतियोगितासँगै विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुने क्लबका संयोजक पदमबहादुर बिष्टले जानकारी दिए।
कार्यक्रम सफल बनाउन विभिन्न संस्था तथा व्यवसायीबाट सहयोग जुटाउने तयारी गरिएको उनले बताए। क्लबले प्रमुख प्रायोजकका लागि ५० हजार रुपैयाँ, सह–प्रायोजकका लागि ३५ हजार रुपैयाँ र प्रायोजकका लागि २१ हजार रुपैयाँ सहयोगको प्रस्ताव गरेको छ।
कार्यक्रममा सहयोग गर्ने संस्था तथा व्यवसायीलाई कार्यक्रमस्थलमा स्टल राख्ने, ब्यानरमा नाम तथा लोगो राख्ने, सामाजिक सञ्जाल तथा पत्रपत्रिकामार्फत प्रचार गर्ने र सम्मान गर्ने व्यवस्था गरिएको संयोजक बिष्टले जानकारी दिए।
कला, संस्कृति र प्रतिभाको संरक्षण तथा सामाजिक एकता प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए।
प्रतिकृया दिनुहोस