Krishnashar

हाम्रो विश्वास, हाम्रो प्रतिबद्धता

कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।

हाम्रो विश्वास, हाम्रो प्रतिबद्धता

कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् । यो २ हजार वाट क्षमताको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सवै भन्दा ठूलो प्रसारण क्षमता भएको रेडियो हो । कृष्णसार एफएम ९४ मेगाहर्जको प्रसारण बाँके, बर्दिया, सुर्खेत, दाङ, दैलेख, जाजरकोट, सल्यान, कैलाली लगायतका १२ भन्दा बढि जिल्लाका झण्डै २० लाख स्रोता माझ र भारतको उत्तर प्रदेशका केहि जिल्लाका स्रोतासम्म पुग्छ ।

युके, इटली र युएसएमा बनेका अत्याधुनिक प्रविधिबाट रेडियो सञ्चालित छ । यस क्षेत्रमैं पहिलो पल्ट अनलाईन रेडियो र देशभरका रेडियो सँग नेटवर्किङका लागि क्षेत्रीय हवको स्थापना गर्न कृष्णसार एफएम सफल भएको छ ।

कृष्णसार बर्दियामा संरक्षित लोपोन्मुख जनावर हो । यसको संरक्षण र प्रचार प्रसारमा सहयोग पुर्याउन रेडियोको नाम कृष्णसार एफएम राखिएको हो । यसको नारा नै कृष्णसार जत्तिकै तेज छ ।

प्रतिकृया दिनुहोस