कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।
भोटेकोसी नदी (रसुवा) मा तिब्बततर्फबाट ठुलो बाढी प्रवेश गरेपछि तनहुँमा समेत बाढीको उच्च जोखिम देखिएको छ । बाढीका कारण हुनसक्ने सम्भावित जोखिम र क्षतिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँले अर्को सूचना जारी नभएसम्मका लागि पृथ्वी राजमार्गको पूर्वी खण्डमा यातायात सेवा पूर्ण रूपमा बन्द गरेको हो ।
जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार यात्रु तथा चालकको सुरक्षालाई प्राथमिकतामा राखेर राजमार्ग सञ्चालनमा रोक लगाइएको हो ।प्रशासनले सम्पूर्ण यात्रु, सवारी चालक तथा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा रहन र जोखिमपूर्ण क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ । राजमार्ग बन्द भएसँगै पोखरा–काठमाडौँ आवत–जावत गर्ने तथा तनहुँ भएर चल्ने लामो तथा छोटो दूरीका सवारी साधनबिच बाटोमै रोकिएका छन् ।
प्रशासनले स्थिति सामान्य नभएसम्म यात्रा सुरु नगर्न र नदी किनार क्षेत्रमा नजान अनुरोध गरेको छ । बाढीको जोखिमलाई मध्यनजर गर्दै सुरक्षाका दृष्टिले पृथ्वी राजमार्गको पूर्वी खण्ड (मुग्लिन–जामुने खण्डतर्फ) मा यातायात सेवा पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
त्रिशुली नदीले तनहुँको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका क्षेत्रमा प्रभाव पारेको र नदीसँग रहेको राजमार्ग समेत जोखिम परेकोले यातायात बन्द गरिएको प्रशासनले जनाएको छ । नदी क्षेत्रमा पानीको बहाव उच्च रहेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन र नदी किनार क्षेत्रमा नजान अनुरोध गरिएको छ ।
प्रतिकृया दिनुहोस