कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ ।
भोटेकोशी बाढीका सम्बन्धमा उद्धार र राहतका लागि समन्वय गरी आवश्यक निर्देशन दिन प्रधानमन्त्री वालेन्द्र शाहले केहीबेर अघि मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गर्नुभएको थियो ।
प्रधानमन्त्री शाहको अध्यक्षतामा यसअघि आजै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको थियो । सो बैठकमा उहाँले नेपाली सेनाबाट उक्त बाढीका बारेमा आवश्यक ‘ब्रिफिङ’ लिनुभएको छ ।
त्यसलगत्तै उहाँले आगामी कदमबारे सरोकार भएकाहरूलाई उद्धार र राहतका काममा खट्न निर्देशन पनि दिनुभएको छ।
प्रतिकृया दिनुहोस