Krishnashar

हाम्रो विश्वास, हाम्रो प्रतिबद्धता

कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।

राष्ट्रपति पौडेलद्वारा शुभ साइतमा भाइटीका ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट आज बिहान ११ बजेर ७ मिनेटको शुभ साइतमा विधिपूर्वक भाइटीका लगाउनुभएको हो। 

सो अवसरमा राष्ट्रपति पौडेललाई बहिनी शारदाले ओखर, बदामसहितका फलफूल र सौगात प्रदान गर्नुभयो । राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाएर उपहार र दक्षिणा प्रदान गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। 

नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११ बजेर ७ मिनेटमा रहेको जनाएको थियो  । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ।

प्रतिकृया दिनुहोस