कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।
नेपालगन्ज (बाँके) बाँकेका शतक रक्तदाता पवन जायसवालले कार्तिक १८ गते बुद्धवार आफ्नो १ सय ११०औं पटकको रक्तदान गर्नुभएको छ ।
बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वार्ड नं.– ३ बगनहा निवासी रामकलिया थारु भेरी अस्पताल नेपालगन्जमा उपचार गराई रहेकी छिन् रगतको अभावले गर्दा प्रादेशिक रक्त सत्तचार केन्द्र नेपालगन्जमा पुगेर पवन जायसवालले १ सय १० औं पटकको रक्तदान गर्नुभएको छ ।
पवन जायसवालले रक्तदानको शुरुआत र योगदान पहिलो पटक २०४६ साल असोज ४ गते (२० सितंबर १९८९) को नेपालगन्ज जेसीजको आयोजनामा रक्तदान गर्नुभएको थियो ।
त्यो समय देखि २०८३ कार्तिक १८ गते सम्म (०४ नवम्बर २०२६) उहाँले ११० औं पटक रक्तदान गरेको पुगेको छ । बाँके र बर्दिया जिल्लामा विभिन्न संघ–संस्थाद्वारा आयोजित रक्तदान कार्यक्रममा सक्रिय रूपले भाग लिई आईरहेका छन् । बाँके जिल्ला नेपालगंजमा रहेका आमेन्द्र जायसवाल उहाँको मामाले रक्तदान गर्न हौषला प्रदान गर्नु भएको हो ।
प्रतिकृया दिनुहोस