कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।
अमेरिकामा मङ्गलबार (आज) मध्यावधि निर्वाचन हुँदै छ । यो निर्वाचनलाई वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँको प्रशासनको लोकप्रियताको मापन वा परीक्षाका रूपमा हेरिएको छ । संसद्मा आफ्नो नियन्त्रण कायम राख्न सत्तारूढ रिपब्लिकन पार्टीका लागि यो निर्वाचन निकै चुनौतीपूर्ण मानिएको छ ।
निर्वाचनमा प्रतिनिधि सभा (कङ्ग्रेस) र माथिल्लो सदन (सिनेट) दुवैमा डेमोक्रेटिक रिपब्लिकन पार्टी र डेमोक्रेटिक पार्टीबिच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । विशेष गरी सिनेटको प्रतिस्पर्धालाई निकै रोचक मानिएको छ । यस निर्वाचनमा बढ्दो जीवनयापन खर्च (महँगी) र आर्थिक नीतिलाई मतदाताले प्रमुख मुद्दा बनाएका छन् । निर्वाचन प्रचारप्रसारका क्रममा दुवै पक्षबाट ठुलो धनराशि खर्च गरिएको छ ।
निर्वाचनको ठिकअघि अमेरिकी सङ्घीय निर्वाचन आयोगको विद्युतीय फाइलिङ प्रणालीमा ह्याकरहरूले अवरोध पु¥याएका कारण प्राविधिक सुरक्षाको विषयलाई लिएरसमेत चर्चा र सतर्कता अपनाइएको छ । यो निर्वाचनले अमेरिकाको आगामी राजनीतिक दिशा तय गर्ने भएकाले यसलाई विश्वभर चासोका साथ हेरिएको छ ।
द न्युयोर्क टाइम्स/ सिएना कलेजको अन्तिम मत सर्वेक्षण अनुसार सिनेट (माथिल्लो सदन) को नियन्त्रण निर्धारण गर्ने सात वटा मुख्य राज्यहरू (मिसिगन, कान्सास, टेक्सस, मेन, ओहायो, अलास्का र आयोवा) मा डेमोक्रेटिक पार्टीका उम्मेदवार अगाडि देखाइएको छ । यो निर्वाचनलाई राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको दुई वर्षमाथिको जनमत सङ्ग्रहका रूपमा हेरिएको छ । बढ्दो महँगी र आर्थिक नीतिका कारण मतदाताहरू माझ रहेको असन्तुष्टिलाई उपयोग गर्दै डेमोक्रेटहरूले कङ्ग्रेसको दौडमा अग्रता कायम गरेका छन् । हाल सिनेटमा ५३ सिटसहित रिपब्लिकनको बहुमत रहे पनि बहुमतका लागि आवश्यक पर्ने थप चार सिट जित्न डेमोक्रेटहरूले कडा मेहनत गरेका छन् ।
टेक्सासमा जेम्स तालारिकोले रिपब्लिकन केन प्याक्सटनलाई ५०–४३ प्रतिशत, कन्सासमा क्रिस ह्यामिल्टनले रोजर मार्सललाई ४९–४४ प्रतिशत र मेनमा ग्राहम प्लाटनरले सुसान कोलिन्सलाई ५१–४५ प्रतिशतले पछाडि पार्नुभएको छ । ओहायोमा सेरोड ब्राउन र अलास्कामा मेरी पेल्टोला पनि आफ्ना रिपब्लिकन प्रतिस्पर्धीभन्दा अगाडि हुनुहुन्छ । आयोवामा डेमोक्रेट जोस टुरेकले ४८ र रिपब्लिकन एस्ले हिन्सनले ४७ प्रतिशत समर्थन पाउनुभएको छ । मिसिगनमा डेमोक्रेटिक उम्मेदवार अब्दुल एल–सायेद ५३ प्रतिशतसहित अगाडि हुनुहुन्छ ।
सर्वेक्षणले डेमोक्रेटहरूलाई सिनेटको नियन्त्रण प्राप्त गर्ने सम्भावना देखाए पनि अन्तिम नतिजा मतदाताको निर्णयमा निर्भर रहने छ । अमेरिकामा मध्यावधि निर्वाचन भनेको राष्ट्रपतिको चारबर्से कार्यकालको ठिक आधा अवधि (दुई वर्ष) पूरा भएपछि गरिने आमनिर्वाचन हो । यस निर्वाचनमा राष्ट्रपति पदका लागि मतदान हुँदैन तर देशको संसद् र राज्यस्तरका विभिन्न महत्वपूर्ण पदहरूको फैसला हुन्छ ।
प्रतिकृया दिनुहोस