Krishnashar

हाम्रो विश्वास, हाम्रो प्रतिबद्धता

कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।

नेपालगन्जमा अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुने

नेपालगन्ज – नेपालगन्जमा अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुने भएको छ । नेपालगन्ज स्विमिङ क्लबको आयोजनामा कार्तिक १४ र १५ गते प्रतियोगिता हुन थालेको हो ।

नेपालगन्ज रंगशालाको स्विमिङ पुलमा हुने प्रतियोगितामा नेपाल र भारतका करिव २ सय जना खेलाडी सहभागी हुने क्लबका अध्यक्ष केशव न्यौपानेले जानकारी दिए ।

क्लबका वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीका अनुसार अन्डर ८ देखि अन्डर १७ तथा ओपन अर्थात् १७ वर्षभन्दा बढी उमेरका खेलाडीले फ्रि स्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाई, रिले र व्यक्तिगत मेड्ले गरि ६ छुट्टाछुट्टै विधाका ८० वटा इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

क्लबले पहिलो र दोस्रो संस्करण गरिसकेको छ । यो तेस्रो संस्करण हो । प्रतियोगिता सम्पन्न गर्न ३५ लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस