Krishnashar

हाम्रो विश्वास, हाम्रो प्रतिबद्धता

कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।

परियोजना प्रस्तावना लेखन तालिम सम्पन्न

खजुरा सामुदायिक सिकाई केन्द्रको आयोजनामा प्रधानाध्यापकहरूका लागि संचालित तीन दिने परियोजना प्रस्तावना लेखन तालिम सम्पन्न भएको छ । प्रस्तावना लेखनबारे शिक्षकहरुको क्षमता अभिबृद्धी गर्ने, शिक्षकहरुमा व्यवसायिक प्रस्तावना लेखन शिपको विकास गर्ने र सहभागिहरुमा प्राविधिक शिप र ज्ञानको विकास गर्ने उद्धेश्यले आयोजना गरिएको तालिमको आज सम्पन्न भएको हो ।

खजुरा सामुदायिक सिकाई केन्द्र खजुरा ३ का अध्यक्ष यम नारायण महतोको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि खजुरा गाउँपालिका सामाजिक विकास समिति संयोजक कृष्णा पोखरेलले तालिमबाट सिकेको शिपलाई ब्यवहारमा लागु गर्न अनुरोध गरिन् । उनले सामुदायिक सिकाई केन्द्रलाई थप चलायमान बनाउन अनुरोध गर्दै पालिका मार्फत हुने सबै सहयोगका लागि तयार रहेको बताइन् । समापन कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि तथा खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले तालिमबाट सिकेको कुरा ब्यवहारिक प्रयोगमा आउने अपेक्षा गरे ।

तालिमले सहभािगहरुके क्षमता अभिबृद्धी भएको र तालिम उपलब्धी मुलक भएको कुरा बिद्यालयहरुबाट प्रस्तावना प्राप्त भएपछि प्रमाणीत हुने बताए । उनले पालिकाले यस्ता कार्यक्रमहरुमा सधै साथ र सहयोग गर्ने प्रतिबद्धता गरे । कार्यक्रमका बोल्दै खजुरा सिकाई केन्द्रमा सदस्य एबम् श्री ज्ञानोद्धय माबि खजुराका प्रधानाध्यापक ऋषिराम सापकोटाले शिप हरेक ब्यक्तिका लागि जरुरी रहेको बताउदै उक्त शिपलाई बिद्यालयको विकासमा प्रयोग गर्न सबैलाई अनुरोध गरे । यसैगरी कार्यक्रममा खजुरा सिकाई केन्द्रमा सदस्य भक्त बहादुर केसीले बोलेका थिए ।

तालिमको समापनमा सहभागिहरुका तर्फबाट प्रतिक्रिया मन्तब्य राख्दै श्री जनसेवा माबि खजुराका प्रधानाध्यापक टंक दाहालले तालिम समय सापेक्ष र प्रभावकारी रहेको बताए । छोटो समयमा सहज र सरल शैलीबाट प्रस्तावनाका बिषयमा शिप प्रदान गरेको बताउलै जस्तो सुकै प्रस्ताव पनि लेख्न सक्ने क्षमताको विकास भएको बताए । उनले तालिमबाट प्रस्तावनाको मापदण्डका बिषयमा प्रष्ट जानरी भएको बताउदै आगामी दिनमा यस्ता कार्यक्रमहरुमा जोड दिनुपर्ने बताए ।

तिन दिन सम्म चलेको तालिममा प्रस्तावना लेखनका विभिन्न बिषयमा बास नेपालका निर्देशक हेमराज भट्टले प्रशिक्षण गरेका थिए । असार २९ गते देखि ३१ गते सम्म चलेको तालिमको समापन सामुदायिक सिकाई केन्द्र खजुरा ३ का अध्यक्ष यम नारायण महतोले गरेका थिए । तालिममा २५ जना प्रधानाध्यापक र शिक्षकहरुको सहभागिता रहेको थियो । तालिमको उद्घाटनमा खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पौडेल, शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्ल र लेखा अधिकृत प्रदिप सुनारले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिकृया दिनुहोस