Krishnashar

हाम्रो विश्वास, हाम्रो प्रतिबद्धता

कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।

कोरोनाबारे सचेतना फैलाउँदै सामुदायिक रेडियो : ठूला विपद् र राष्ट्रिय अभियानमा एफएम रेडियो निर्विकल्प

बहालवाला पुस्ताका करिबकरिब सबैजसोले भोगेका ठूला विपद्मा ७२ सालको विनाशकारी भूकम्प र ७६ सालको नोबेल कोरोना भाइरसको त्रास नै हो ।

किनभने पूरै देशलाई प्रभाव पार्ने नेपालका ठूला विपद्मा झण्डै ८५ वर्ष अघिको महाभूकम्प अनुभव गरेकाहरू नगन्य सङ्ख्यामा बाँचेका छन् । यी वाहेक बाढी, डुवान, हैजालगायत विभिन्न भूगोलमा फैलने मौषमी विपद् त हरेक वर्षजसो दोहोरिरहने हुनाले सबै पुस्ता अभ्यस्त नै छ ।

यस्ता विपद्को कहरबीच समाजमा अनेकथरी हल्ला अर्थात् अफवाह चल्ने गर्छन् । विकासे शव्दमा भन्ने हो भने ‘र्‍युमर’ चल्ने गर्दछन् । जसले विपद्का लागि जुध्न तयार मनोविज्ञानलाई थप ‘थरथर’ बनाइदिन्छन् ।

७२ सालको भूकम्पका बेलाको एउटा हल्ला सम्झौँ न।

वैशाख १२ गते शनिबारको दिन,

विहान ११ बजेर ५५ मिनेटमा नेपालगञ्जमा पनि भूकम्पले मज्जैले हल्लायो । घरको तेस्रो तलामा आमा र म थियौँ ।

सावधानीपूर्वक भागेर बारीमा पुग्यौँ । गोरखाको बारपाक केन्द्रविन्दु बनाएर भूकम्प आएको रहेछ । विस्तारै काठमाण्डौँमा भयानक क्षति भएको खबर थाहा पाएपछि मेरो विदाको दिन भए पनि तत्काल एफएम पुगेँ ।

अनेक हल्लाले झन् तनावमा पारेपछि मानिसलाई यस्तो बेलामा सही सूचनाले अक्सिजनको जस्तो जीवन दिने काम गर्ने रहेछ । त्यसका लागि विपद्मा जहिल्यै उपलव्ध हुने भनेको स्थानीय रेडियो नै हुन् ।

‘कृष्णसारजत्तिकै तेज’ भन्ने नाराका साथ स्थापित कृष्णसार एफएमको पहिचान नै बनेको थियो कि हरेक विपद् वा उत्सवमा अझ बढी स्रोता सहभागितासहितका सामग्री पस्कने ।

दिउँसो १ बजेको समाचारमा ‘लाइभ कल’हरू लिने तत्काल निष्कर्ष निकाल्यौँ र सुरुमा म नै ‘अनएअर’ गएँ । भूकम्पबाट आफ्नो, वरपर र छरछिमेकमा परेको प्रभाव वा काठमाण्डौँमा रहेका आफन्तको अवस्था, समस्या आदि विषयमा स्रोताहरूको टेलिफोन लिने र जानकारी दिनका लागि काठमाण्डौँमा रहेका निकटका सञ्चारकर्मीसमेत स्रोत व्यक्तिहरूसँग कुराकानी गर्ने योजनाका साथ काम गरिरहेका थियौँ । 

बाँकेको खजुराबाट एउटा फोन आयो । ‘खानेपानीको धाराबाट रातो रगत मिसिएको पानी आयो, त्यो पानी खाएर एउटा बालकको मृत्यु भयो ।’ भनेर ।

तराईतिर अधिकांश पिउने पानीका स्रोत जमिनमुनि धारा गाडेर हातले चलाएर तान्ने हो । यस्ता धारालाई कतै चापाकल कतै नल्का, बम्बा पनि भन्ने चलन छ ।

यो खबर ती स्रोताले सुनाउनेवित्तिकै विषयान्तर गर्दै तपाईँलाई हामी ‘अफलाइन’ मा कल गर्छौँ, यो हल्ला मात्रै हुन सक्छ । यसको विस्तृत र सही खबर पत्ता लगाएर हामी जानकारी दिइरहनेछौँ भनेर केहीबेर ‘व्रेक’ लिएँ ।

तर, यो भयानक खबर लाग्यो । हामी एफएममा रहेका सबै जना आत्तियौँ । एफएम पछाडिको धारातिर ध्यान गयो । कार्यालयमा खानेपानी संस्थानकै धाराको पानी पर्याप्त हुने भएकाले उहिल्यै वन्द भएकाले पानी तान्न पाइने कुरै भएन ।

तर, सुरक्षागार्डले भूकम्प आइरहेका बेला पाइप निकै जोडले सुसाएको बताए ।

तत्काल बाँकेको जनस्वास्थ्य कार्यालय, खानेपानी कार्यालय, जिल्ला प्रशासन कार्यालय र केही अधिकारकर्मीहरूलाई खबर गरेँ । सबैले बुझेर खबर गर्छौँ भने पनि कसैले गम्भीरतापूर्वक लिएको पाइन ।

जब कि बाँके र बर्दियाका गाउँगाउँमा यस्तो हल्लाले त्राहीमाम बनाइसकेको रै’छ । कहिल्यै पानी किनेर खाने बानी नभएका मानिस पनि पसलमा जार, बोतल जे पाइन्छ किन्दै घरघरमा थुपार्न थालेका रै’छन् ।

साना बजारमा बिक्रीका लागि राखिएको पानी सकिएर हाहाकार भइसकेको रहेछ ।

जमिनमा गाडेका धारामा रातो पानी आउनाको कारण स्थानीय कसैले बताउन नसक्ने देखियो । अनि झट्ट भूकम्प प्रविधि राष्ट्रिय महासङ्घ ९एनसेट० को याद आयो ।

भूकम्पलगायत विपद्का बारेमा यो संस्थासँग मिलेर हामीले रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गरिरहेका थियौँ । एनसेटका एडभोकेसी म्यानेजर खड्गसेन ओलीलाई फोन गरेर धाराबाट रातो पानी आएपछिको त्रास बताएँ । उहाँले ‘टीममा सल्लाह गरेर खबर गर्छु ।’ भन्नुभयो ।

रेडियोबाट ‘लाइभ’ मा हामीले धारामा रातो पानी आउनुको कारण पत्ता लगाउन कोसिस जारी राखेको बताउँदै स्रोताहरूलाई नआत्तिन अपिल गरिरहेका थियौँ ।

‘आकासबाट कोरोना मार्ने कालो खरानी जस्तो धुलो खस्यो ।’ भन्ने अर्को हल्ला चल्यो बाँके, बर्दियामा । जब कि गतसाता आकासबाट खसेको कालो खरानी सीमावर्ती भारतीय जङ्गलमा लागेको डढेलोबाट उडेर आएको थियो भने जमिनमुनि कालो माटो आउने भन्ने कोही बदमासको हल्ला मात्र थियो ।

रातो पानीले बच्चा मरेको खबर पनि गलत भएको सूचना दियौँ । धाराको पानी खानु अनि बच्चा बिरामी हुनु संयोग परेपछि स्थानीयले अनुमानका आधारमा त्यस्तो हल्ला चलाएका रहेछन् । यो खबर सुनेर खजुरा क्षेत्रमा मानिसहरू अलिक आश्वस्त हुन थालेको पाइयो ।

रातो पानी त लगभग बाँके–बर्दियाका अधिकांश जमिनमुनिबाट पानी तान्ने धाराबाट आएको रहेछ । एकातिर भूकम्पको डर अर्कोतिर खानेपानीका बारेमा फैलिएको हल्लाले हामीलाई समेत वेचैन बनाइरहेको थियो ।

फिल्डमै गएर वुझ्नुपर्ने टुङ्गोमा पुगेर इन्सेकका क्षेत्रीय प्रमुख भोला महतलाई खजुरा क्षेत्रको स्थलगत अध्ययनमा जान प्रस्ताव गरेँ ।

केही सञ्चारकर्मीसँगै हामी उहाँकै गाडीमा त्यसतर्फ लाग्यौँ । अधिकांश घरका धारामा रातोपानी आएको सुनियो । हामी खजुराबाट अलिपर पुगेर उत्तर निस्कदै कोहलपुर भएर नेपालगञ्ज फर्कने निधो गरेर अघि बढ्यौँ ।

मलाई आफैले धारा चलाएर रातो पानी आएको हेर्न मन लाग्यो ।

एउटा घरमा आँगनमै धारा देखेपछि नजिकै सडकमा गाडीबाट ओर्लेर मैले धारा चलाएँ । सुरुमा पहेँलो जस्तो पानी आए पनि पछि सफै पानी आयो । हामी अचम्मित हुंदै अघि बढ्यौँ ।

एनसेटबाट खड्गसेन ओलीको फोन आयो । उहाँले यस्तो विदेशतिर कतै पनि नदेखिएको नौलो घटना भएको बताउनुभयो । तर, भूकम्प र जमिनमुनिको पानीबीच कुनै सम्बन्ध नभएको भन्दै आफ्नो टीमले जमिनमुनिको पानीको पाइपको वर्षौँ पुरानो खियाका कारण पानी रातो आएको अनुमान गरेको बताउनुभयो ।

जति पुरानो पाइप, उति खिया बढी हुने हुनाले रातो पानी आएको हुनसक्ने भन्दै भूकम्पका बेला जसरी जमिनमाथि हल्लायो त्योभन्दा बढ्ता जमिनमुनि हल्लाउने भएकाले पाइपको खिया उत्रिएर रातो पानी आएको हुनसक्ने टीमको निस्कर्ष रहेको उहाँले सुनाउनुभयो ।

लगातार पानी चलाउँदा पुनः सफा पानी आउने उहाँको भनाइ थियो ।

यसपाली मात्र होइन जहिलेसुकै आउने यस्ता विपद्का बेला पनि सचेतनासँगै त्यस्तो बेला चल्ने अनेक हल्लामा संयमित र जिम्मेवार भएर स्थानीय रेडियोहरूले जनतालाई सुसूचित गर्ने काम गरिरहेका हुन्छन् ।

हुन पनि मैले केहीबेर अघि मात्रै पानी चलाउँदा क्रमशः सफा पानी आउन थालिसकेको देखेको थिएँ । उहाँको कुरा तार्किक रहेकाले मैले ६ बजेको समाचारमा ‘लाइभ’ मा यही कुरा भन्दिन आग्रह गरेँ । शान्त बाटोमा गाडी रोकेर मैले दिउँसो ५ बजेको समाचारमाचाहिँ आफैले उहाँको भनाई उधृत गर्दै पानी रातो आउनुको कारण ‘लाइभ’ मा भन्दिएँ ।

विस्तारै धारामा पानी रातो आउनुको कारणसहितको विस्तृत खबर दिएपछि मानिसहरू आश्वस्त भए र एउटा ठूलो विपद्का बेला उठेको अफवाह अर्थात् ‘र्युमर’को पटाक्षेप केही घण्टामै गर्न सकियो ।

अहिले देशभर कोरोनाको त्रास छ ।

यस्तो बेला पनि भएनभएका अफवाह चलिरहेकै छन् । एउटा हल्ला फैलियो –‘घरको आँगनमा कोरोना मार्ने कालोमाटो छ । चारपाँच फिट खन्नुहोस् ।’

कैयौँ मानिसले आँगन खने र कोही निराश भए भने संयोगले कालो माटो फेला परेपछि कसैले भ्रमका कारण टीका लाए ।

यसैबेला फेरि ‘आकासबाट कोरोना मार्ने कालो खरानी जस्तो धुलो खस्यो ।’ भन्ने अर्को हल्ला चल्यो बाँके, बर्दियामा । जब कि गतसाता आकासबाट खसेको कालो खरानी सीमावर्ती भारतीय जङ्गलमा लागेको डढेलोबाट उडेर आएको थियो भने जमिनमुनि कालो माटो आउने भन्ने कोही बदमासको हल्ला मात्र थियो ।

अनेक हल्लाले झन् तनावमा पारेपछि मानिसलाई यस्तो बेलामा सही सूचनाले अक्सिजनको जस्तो जीवन दिने काम गर्ने रहेछ । त्यसका लागि विपद्मा जहिल्यै उपलव्ध हुने भनेको स्थानीय रेडियो नै हुन् ।

किनभने दोहोरो संवाद र सूचनाका लागि स्थानीय रेडियोहरूभन्दा भरपर्दा विकल्प स्थानीयका लागि नजिक अर्को हुँदैन ।

कोरोना त्रासको यो बेला पनि देशका कुनाकन्दरामा खुलेका सामुदायिक रेडियोहरूले आफ्नो तहबाट सकेको सचेतनामूलक काम गरिरहेका छन् । कोरोनाबाट बच्न अहिले खुबै चल्तीमा रहेका क्वारेन्टीन, आइसोलेशन, लक डाउन, पीपीई जस्ता प्राविधिक शव्दको अर्थसहित सर्वसाधारणलाई सरकारी तहबाट अहिलेसम्म औपचारिक अपिल गरिएको सुनिएको छैन ।

मिडियाका सन्दर्भमा रेडियोप्रति सरकारी र कतिपय प्रविधि बुझेका ठान्नेहरुको व्यवहार ठ्याक्कै मिल्छ । जब कि तथ्यले के भन्छन् भने आम चुनाव, जनगणना जस्ता ठूल्ठूला राष्ट्रिय अभियानमा तल्लो तहका जनतासम्म सूचना पुर्‍याउनुपर्‍यो भने रेडियोको विकल्प छैन ।

जब कि पढेलेखेकै मानिसहरूका लागि पनि यी शव्द सहजै बुझिने होइनन् । यस्तो बेला नेपालका सामुदायिक रेडियोहरूले स्वतःस्फुर्त स्थानीय भाषा र लवजमा विभिन्न सामग्री उत्पादन तथा प्रसारण गरेर कोरोनाविरुद्धको सरकारी अभियानमा सक्रियतापूर्वक साथ दिइरहेका छन् ।

सकेसम्म सही सूचना र सचेतनाका सामग्री पस्किरहेका छन् । शैक्षिक संस्था बन्द भएकाले कतिपय एफएम रेडियोहरूले स्टुडियोबाटै ‘लाइभ’ कक्षा सञ्चालन गरिरहेका छन् ।

यसपाली मात्र होइन जहिलेसुकै आउने यस्ता विपद्का बेला पनि सचेतनासँगै त्यस्तो बेला चल्ने अनेक हल्लामा संयमित र जिम्मेवार भएर स्थानीय रेडियोहरूले जनतालाई सुसूचित गर्ने काम गरिरहेका हुन्छन् ।

प्रभाव र पहुँचका हिसावले देशैभरि फैलिएका र संसारभर गरिबको मिडिया मानिने रेडियोको भूमिका यस्तो बेला संसारभर अझ बढी र प्रभावकारी मानिन्छ । भूकम्पका बेला नेपालका सामुदायिक रेडियोहरूले निभाएको भूमिकाको अहिलेसम्म पनि सर्वत्र मुक्तकण्ठले प्रशंसा गरिन्छ ।

सरुवा महामारी कोरोना कहरमा पनि आफुलाई सुरक्षित राख्दै घरबाटै, स्टेशनमैं बसेर र फिल्डको विकल्प अपनाएर यो काम अनवरत गरिरहेका छन् ।

कृष्णसार एफएम लगायत देशभरका ४ सयभन्दा बढी सामुदायिक रेडियोहरुले कोरोना सचेतना सम्बन्धि कन्टेन्टलाई केन्द्रमा राखेर आफ्नो प्रसारण निरन्तर गरेका छन् ।

स्थानीय क्षेत्रमा पत्रिका बन्द छन् । निस्के पनि उपभोक्तामा पत्रिकामार्फत् कोरोनो सर्छ कि भन्ने आशङ्का छ । गाउँमा पहुँच पनि छैन । त्यसैले रेडियो एक मात्र सहज विकल्प भएको छ ।

नागरिकस्तरबाट समेत कोरोना सजगताका लागि आफ्नै आवाज र योगदानमा चेतनामूलक सन्देश रेकर्ड गराएर प्रसारण भइरहेका छन् ।

तर, दुखको कुरा के छ भने विपद्लगायत अरु बेला सबैभन्दा बढी उपयोगी यो माध्यमको आयु सकियो भन्दै एउटा वर्गले निकै खिसिटिउरी गर्ने गरेको छ ।

खहरे भेलले चाहिनेभन्दा नचाहिने कुरा बगाएर बगरमा मिसाउँछ, त्यस्तै अधिकाङ्श यस्ता मिडियाले पनि नचाहिने कुरा बढी बोकेर ल्याएका हुन्छन् । थोरै यस्तै खाले राम्रा मिडियाले गरेका काम पनि ओझेल पर्छन् र खहरेको भेलले समाजलाई गलत सूचनाबाट सङ्क्रमित बनाउँछ ।

सरकारसमेत कहिले पनि समुदायस्तरबाट सञ्चालित रेडियोहरू प्रति सहयोगी देखिँदैन । नेपालीमा एउटा प्रचलित लोकोक्ति छ नि– ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो ।’

मिडियाका सन्दर्भमा रेडियोप्रति सरकारी र कतिपय प्रविधि बुझेका ठान्नेहरुको व्यवहार ठ्याक्कै मिल्छ । जब कि तथ्यले के भन्छन् भने आम चुनाव, जनगणना जस्ता ठूल्ठूला राष्ट्रिय अभियानमा तल्लो तहका जनतासम्म सूचना पुर्‍याउनुपर्‍यो भने रेडियोको विकल्प छैन ।

अनि भूकम्प, महामारी जस्ता राष्ट्रिय विपद्का घटनामा सूचना सम्प्रेषणका लागि पनि रेडियोभन्दा प्रभावकारी अर्को माध्यम नेपाली सन्दर्भमा हालसम्म छैन ।

नेपालमा सबैभन्दा बढी नागरिकसम्म सूचना पुर्‍याउने सञ्चारमाध्यम एफएम रेडियो स्टेशनहरू हुन् भनेर राष्ट्रिय आमसञ्चार नीति–२०७३ को विषय प्रवेशमै भनिएको छ ।

नीति भन्छ, ‘एफएम रेडियोको देशव्यापी विस्तारसँगै मुलुकको जनसङ्ख्याको ठूलो हिस्साले सुसूचित हुने अवसर प्राप्त गरेका छन् ।’

साक्षरताको कमि, यातायात र विद्युतको अभाव, गरिबीलगायत कारणले अखबार, टेलिभिजन र अनलाइन माध्यमका तुलनामा बहुसङ्ख्यक नेपालीको पहुँचमा रेडियो मिडिया छ ।

रेडियो सुन्ने उपकरण बिस्तारै मोवाइल, रिचार्जेवल मल्टिमिडिया डिभाइस जस्ता आधुनिक सुविधामा रूपान्तरण हुँदै गएको छ भने नेपालका सबै जिल्लामा एफएम रेडियोको स्थापना र प्रसारण पुगेको छ ।

सबैभन्दा बढी नेपालीका माझ पुग्ने रेडियो सामग्री निशुल्क उपभोग गर्न पाइन्छ । भलै यो सुखद पक्षका बीच अधिकांश एफएम रेडियोहरूको संस्थागत स्वास्थ्यका विषयमा प्रर्याप्त बहस गर्नुपर्ने बेला भएको बारे रेडियो सञ्चालकहरू जानकार भइसकेका छन् ।

नेपालमा एफएम रेडियोको प्रभाव लोभलाग्दो रहेको बताउने निर्वाचन आयोगका तत्कालीन प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले संविधान सभाको दोस्रो चुनावमा मतदाता शिक्षासम्बन्धी रेडियो कार्यक्रम ‘निर्वाचन अभियान’ नेपालका साढे तीन सय एफएम रेडियोबाट प्रसारण गराएका थिए ।

नेपाली सन्दर्भमा जनताका सञ्चारमाध्यम भनेका एफएम रेडियो नै हुन् । विपद्मा यी जनताका सञ्चारमाध्यमको भूमिका स्वाभाविक रूपमा बढी छ । सवै रेडियोकर्मीहरूले आफूलाई स्वस्थ राख्दै समाज र देश स्वस्थ बनाउने अभियानमा खरो उत्रनुपर्ने चुनौती र दायित्व आत्मसात गरिरहेका छन् ।

संयोगले पङ्क्तिकारकै नेतृत्वमा उत्पादन गरिएको उक्त कार्यक्रम धेरै रेडियोमा प्रसारण भएको पहिलो सबैभन्दा ठूलो सञ्चार अभियान मान्न सकिन्छ ।

खहरे खोलाझैँ उर्लेर आएका ‘न्यू मिडिया’ त अझै पनि ‘वाईफाई’ पुगेको सहरी नेपालमा मात्र सहज र सीमित छन् । ‘सोसल मिडिया’ को भेल उस्तै छ । तर वुझ्नुपर्ने कुरा के हो भने हाम्रो आँखा र कानसम्म आइपुग्ने अधिकाङ्श ‘सोसल साइट’ र ‘अनलाइन मिडिया’को थातथलो उपभोक्ताको पहुँचमा हुँदैन ।

त्यसैले जसरी खहरे भेलले चाहिनेभन्दा नचाहिने कुरा बगाएर बगरमा मिसाउँछ, त्यस्तै अधिकाङ्श यस्ता मिडियाले पनि नचाहिने कुरा बढी बोकेर ल्याएका हुन्छन् । थोरै यस्तै खाले राम्रा मिडियाले गरेका काम पनि ओझेल पर्छन् र खहरेको भेलले समाजलाई गलत सूचनाबाट सङ्क्रमित बनाउँछ ।

नेपालका झण्डै ८ सय एफएम रेडियोमा प्रति रेडियो औषतमा ३५ लाख रुपैयाँ मात्रै लगानी भएको मान्ने हो भने पनि पौने तीन अर्बभन्दा माथिको लगानी नागरिकस्तरबाट भएको छ ।

सामुदायिक रेडियोमा मात्रै झण्डै साढे एक अर्बभन्दा बढी रुपैयाँ लगानी गरिएको छ । त्यस्तै एउटा एफएम रेडियोमा औषतमा १५ जनाले मात्रै रोजगारी पाएको मान्ने हो भने पनि नेपालमा झण्डै १२ हजार युवाहरूलाई एफएम रेडियोले रोजगारी दिएका छन् ।

टोलटोलमा नागरिक संवादका लागि जनताका स्टुडियो हाजिर छन् । मिडियामा आवाज आउन ‘हाइ प्रोफाइल’ हुनै पर्दैन भन्ने अभ्यास पनि स्थानीय एफएम रेडियोहरूले स्थापित बनाए ।

तर असल अभिभावक र दरिलो पैरवी अभावमा नेपालमा एफएम रेडियोको अभ्यासले गुणात्मक फड्को मार्न नसकेको तीतो यथार्थ पनि छिपेको छैन । साथै सरकार रेडियोमैत्री हुन सकेन अनि रेडियोकर्मीका तर्फबाट नीतिगत पैरवीको सशक्त लडाईँ पनि लड्न सकिएको छैन ।

विपद्का कारण आर्थिक स्रोत गुमाउँदाको अवस्थामा पनि अभाव र त्राससँगै जुध्दै सामुदायिक रेडियोहरूले समाजलाई पुर्‍याइरहेको योगदानलाई वर्षमा नवीकरण र रोयल्टी मात्रै चार पटक असुल्ने सरकारलेचाहिँ सम्झिन आवश्यक ठान्छ कि ठान्दैन त्यो भने समयले बताउला ।

जुनबेला गाउँगाउँमा सूचना र जागरणका लागि विकल्प थिएन । सरकारी छापा माध्यम गोरखापत्रको पहुँच त टाढैको कुरा प्रसारण माध्यम रेडियो नेपाल र टेलिभिजनको पनि पहुँच थिएन ।

त्यसबेला नागरिकस्तरबाट दुखजिलो गरेर देशका कुनाकुनामा सामुदायिक रेडियोहरू स्थापना गरिए । सूचना र मनोरञ्जनका लागि सकेको योगदान गरे । जनताको लगानी भन्नु राज्यको लगानी हो । सरकार राज्यकै अङ्ग हो ।

तर जनस्तरबाट सञ्चालित एफएम रेडियोहरूप्रति कहिल्यै सहिष्णु नदेखिएको सरकारले ती मिडियालाई अभिभावकत्व दिनु, सहयोग गर्नुको साटो मिडियामा सरकारी लगानी हुनुहुन्न भन्ने विश्वव्यापी मान्यता विपरीत ठाउँठाउँमा लगानी गरिरहेको छ ।

गोरखापत्र बाँकेको कोहलपुर र मोरङ्गको विराटनगरबाट प्रकाशन सुरु गरिएको छ । नेपाल टेलिभिजनले पनि दुवै ठाउँबाट स्टेशन खडा गरिसकेको छ ।

नेपाल टेलिभिजन र रेडियो नेपाल गाभिएर सार्वजनिक प्रसारण माध्यममा जाने अपेक्षा भइरहेका बेला टेलिभिजन धमाधम स्टेशन थप्दै छ । पुराना क्षेत्रीय प्रसारणबाहेक बढ्ता पहुँच भएर पनि रेडियो नेपाल केन्द्रीय प्रसारणमै सीमित छ । सरकारी मिडिया जो सरकारमा छ, उसैको गीत गाउन बाध्य भएको कसैबाट छिपेको छैन ।

त्यसैले नेपाली सन्दर्भमा जनताका सञ्चारमाध्यम भनेका एफएम रेडियो नै हुन् । विपद्मा यी जनताका सञ्चारमाध्यमको भूमिका स्वाभाविक रूपमा बढी छ । सवै रेडियोकर्मीहरूले आफूलाई स्वस्थ राख्दै समाज र देश स्वस्थ बनाउने अभियानमा खरो उत्रनुपर्ने चुनौती र दायित्व आत्मसात गरिरहेका छन् ।

विपद्का कारण आर्थिक स्रोत गुमाउँदाको अवस्थामा पनि अभाव र त्राससँगै जुध्दै सामुदायिक रेडियोहरूले समाजलाई पुर्‍याइरहेको योगदानलाई वर्षमा नवीकरण र रोयल्टी मात्रै चार पटक असुल्ने सरकारलेचाहिँ सम्झिन आवश्यक ठान्छ कि ठान्दैन त्यो भने समयले बताउला ।

साभार : सीआइएन खबर

प्रतिकृया दिनुहोस